टप एन्ड टी-२० सिरिज: नेपाल र मेलबर्न भिड्दै

काठमाडौं: अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले आज मेलबर्न स्टार्ससँग भिड्दैछ।

डार्विनको टीआईओ स्टेडियममा हुने खेल अहिले बिहान नेपाली समयअनुसार सवा ७ बजे सुरु हुनेछ ।

नेपाल हालसम्म खेलेका दुवै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ए सँग ३२ रनले पराजित भएको थियो ।
तेस्रो खेल खेलिरहेको नेपाललाई आज जित्नैपर्ने दबाब छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!