श्रीकेदारमा लाग्ने रामलिलाको मूल आयोजक समिति गठन

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका ४ पिपलकोटमा आगामी असोज १८ गतेदेखि सञ्चालन हुने रामलिला महायज्ञको मूल आयोजक समिति गठन गरिएको छ ।

आयोजक श्रीकेदार संस्कृति संरक्षण समाजको बैठकले इन्द्रदेवशरण भट्टको संयोजकत्वमा ५६ जना जनाको मूल आयोजक समिति गठन गरिएको हो ।

समितिको उपसंयोजकमा वडाध्यक्ष समेत रहनुभएका तर्कराज भट्ट, कोषाध्यक्षमा सुरेन्द्रराज कलौनी,सचिवमा विजयराज भट्ट,सहसचिव उमेश भट्ट,वरिष्ठ सदस्यमा महेश सिंह विष्ट र अन्य सदस्यहरु रहेका छन् ।

यसैबीच रामलिलाका कलाकारको तालिमको पनि तयारी भएको श्रीकेदार संस्कृति संरक्षण समाजका सदस्य उमेश भट्टले जानकारी दिनुभयो ।

श्रीकेदार मावि पिपलकोटको प्राङ्गणमा सञ्चालन हुने रामलिलाको कलाकार छनौटका लागि बुद्धिबल्लभ धानुकको नेतृत्वको सांस्कृतिक टिमलाई जिम्मा दिइएको छ ।

हामी सबैको एकै सार ,अटुट संस्कृति हाम्रो हाम्रो श्रीकेदार भन्ने नाराका साथ स्थापना भएको समाजले विभिन्न सांस्कृतिक र सामाजिक कार्य गर्दै आएको समाजका अध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!