दाेगडाकेदारकाे पिपलकाेटमा रामलिला लाग्ने

बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिका ४ पिपलकाेटमा आगामी असाेजमा रामलिला महायज्ञ लाग्ने भएकाे छ।

श्रीकेदार संस्कृति संरक्षण समाजकाे आयाेजनामा सञ्चालन हुने रामलिला असाेज १८ गतेदेखि सुरू हुनेछ।

रामलिला श्रीकेदार मावि पिपलकाेटकाे प्राङ्गणमा सञ्चालन हुने श्रीकेदार संस्कृति संरक्षण समाजका सदस्य उमेश भट्टले जानकारी दिनुभयाे।

समाजकाे हालै बसेकाे बैठकले रामलिलाकाे आयाेजना गर्ने निर्णय गरेकाे हाे।

रामलिलाकाे तयारीका लागि बुद्धिबल्लभ धानुककाे नेतृत्वको सांस्कृतिक टिमले २ गतेदेखि तालिम सुरू गर्ने जनाएको छ।

हामी सबैको एकै सार ,अटुट संस्कृति हाम्रो हाम्रो श्रीकेदार भन्ने नाराका साथ स्थापना भएकाे समाजले विभिन्न सांस्कृतिक र सामाजिक कार्य गर्दै आएकाे समाजका अध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!