बैतडी-कैलाली सम्पर्क समिति गठन गर्न भाेलि धनगढीमा भेलाकाे आयाेजना

बैतडी: नेपाली कांग्रेस बैतडी-कैलाली सम्पर्क समिति गठन गरिने भएकाे छ।

सम्पर्क समितिका लागि भाेलि साउन ३१ गते बिहान ९ बजे धनगढीस्थित रूबस हाेटेलमा भेला बाेलाइएकाे छ।

उक्त भेलामा बैतडी मूल घर भई कैलाली जिल्लामा बसोबास गर्नुहुने नेपाली कांग्रेसप्रति आबद्ध आस्थावान सम्पूर्ण महानुभावहरूमा उपस्थितिका अनुराेध गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताउनुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीकाे असार २५ गतेको निर्यणअनुसार सम्पर्क समिति गठन गर्न लागिएकाे जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!