बैतडी: भारतसँग सीमा जाेडिएकाे बैतडीको झुलाघाट नाका खुलेको भएकाे छ।
भारतको उत्तराखण्ड प्रदेशमा भएको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै ३ दिनदेखि बन्द नाका साेमबार साँझदेखि खुलेकाे हाे।
जुलाई २८ अर्थात साउन १२ गते भएकाे निर्वाचनका लागि साउन ९ देखि १२ गते साँझ नाका बन्द रहेकाे थियाे।
नाका खुलेसंगै आवतजावत पनि सुचारू भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेय बताउनुभयो ।
हालै भारतकाे पिथाैरागढमा सम्पन्न द्विपक्षीय बैठकमा नाका बन्द गर्ने समझदारी भएको थियाे।
