झुलाघाट नाका भाेलि साँझदेखि ३ दिन बन्द रहने

बैतडी: भारतसँग सीमा जाेडिएकाे बैतडीको झुलाघाट नाका भाेलिदेखि ३ दिन बन्द रहने भएकाे छ।

भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द हुन लागेकाे जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

जुलाई २८ अर्थात साउन १२ गते हुने उक्त निर्वाचनका लागि भाेलि साउन ९ गते अर्थात  २५ जुलाईदेखि साउन १२ गते साँझ अर्थात जुलाई २८ तारिक मतदान प्रक्रिया सम्पन्न नहुँदासम्म नाका बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयाे।  

हालै भारतकाे पिथाैरागढमा सम्पन्न द्विपक्षीय बैठकमा नाका बन्द गर्ने समझदारी भएको थियाे।

उक्त अवधिमा  आकस्मिक रुपमा नाका खोल्नुपरेमा दुबै देशको आपसी सहमतिमा खाेल्न सकिने जनाइएको छ ।

Oplus_131072
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!