भीरबाट लडेर मृत्यु

बैतडी: भीरबाट लडेर बैतडीमा एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पुर्चौंडी नगरपालिका-५ दहतोली,परगैराकी १७ बर्षीया रश्मी बोहरा रहेकी छन्।

घर नजिकैको गलेखी भीरमा बाख्रा चराउन गएकी बोहरा चिप्लेर लडेकी थिइन् ।

भीरबाट झण्डै ५० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको भूमीराज मावि गहताडका निमित्त प्रधानाध्यापक अशोकबहादुर कुँवरले बताउनुभयाे ।

मृतक बोहरा भूमीराज मावि गहताडमा कक्षा १० मा अध्ययनरत थिइन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!