रास्वपाकाे दाेगडाकेदारमा संगठन बिस्तारमा तिब्रता,श्रीकाेटमा भट्ट चयन

बैतडीः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दोगडाकेदार गाउँपालिकामा संगठन बिस्तारमा तिब्रता दिएको छ ।

संगठन बिस्तारकै क्रममा उक्त पार्टीले आज वडा नम्बर ३ श्रीकाेटमा अधिवेशन सम्पन्न गरेकाे छ।

अधिवेशनबाट सभापतिमा हरिदत्त भट्ट चयन हुनुभएको छ।

यस्तै उपसभापतिमा कपिल पाण्डेय, सचिवमा माेहनसिंह विष्ट, सदस्यहरूमा जगदीश चन्द,मनाेज बराल,गंगादत्त भट्ट,रमेश जाेशी, खेमानन्द भट्ट,गम्भीर राम भुललगायतका रहेका छन्।

यसअघि दाेगडाकेदारकाे न्वाली, सित्तड र रिममा अधिवेशन सम्पन्न भइसकेका छन् ।

दोगडाकेदारका साथै जिल्लाका सबै वडामा आफ्नो संगठन बिस्तार गरिने रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोजराज जोशी क्वालिटीले बताउनुभयो ।

रास्वपाले मिसन ८४ लाई लक्षित गर्दै संगठन बिस्तारको काम सुरु गरेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!