बैतडीमा ३५ प्रतिशत राेपाइँ हुन बाँकी, समयमै वर्षा नहुँदा ढिलाइ

बैतडी:बैतडीमा अझै ३५ प्रतिशत राेपाइँ हुन बाँकी रहेको छ। कृषि ज्ञान केन्द्रका अनुसार ६५ प्रतिशत रोेपाइँ सम्पन्न भएपनि ३५ प्रतिशतमा अझै बाँकी रहेको छ।
समयमै वर्षा नहुँदा राेपाइँ गर्न ढिलाइ भएकाे केन्द्रका प्रमुख हरि जाेशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयाे,” सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ सकिएको र आकाशे पानीको भरमा रोपाइँ गर्ने ठाउँमा रोपाइँ गर्न बाँकी छ ।”
यस्तै वर्षमा ३ खेती गर्ने बेसी क्षेत्रमा पनि राेपाइँ गर्न बाँकी छ।

बैतडीमा ५ हजार १२५ हेक्टर जमीनमा धानखेती गर्ने गरिएको छ। धानखेती हुने जमीन मध्ये ५२ प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। बाँकी जमीनमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ।

समयमै वर्षा नहुँदा राेपाइँ गर्न ढिलाइ भएको श्रीकाेटका किसान मानसिंह विष्टले बताउनुभयो ।उहाँले भन्नुभयाे,”समयमा पानी परेन, सिँचाइ सुविधा छैन,आकाशे पानीकाे भरमा राेपाइँ हुने भएकाले ढिलाइ भएकाे छ।”

यहाँकाे पाटन,गाेकुलेश्वर,सलेना,सुर्नयालगायतका क्षेत्रलाई धान उत्पादनकाे पकेट क्षेत्रमा रूपमा चिनिन्छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!