बैतडी:सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि बैतडीबाट खेलाडी छनौट गरिएका छन् ।
हालै पुर्चौडी नगरपालिकामा सम्पन्न १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट ७० खेलाडी छनौट गरिएका हुन् ।
बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीका अनुसार जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनौट गरिएका हुन् ।
छनौट हुने खेलाडीमा छात्र र छात्रा भलिबलमा नौ/नौ,कबड्डी छात्र र छात्रामा नौ/नौ,एथ्लेटिक्समा छात्र र छात्रा गरेर ११/११ जना र कराँतेमा छ/छ खेलाडी छनौट भएका छन् ।
पुर्चौडीमा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा दशवटै स्थानीय तहहरुको सहभागीता रहेको थियो ।
छनौट भएका खेलाडीहरुले प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका जनाउने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी जानकारी दिनुभयो ।
प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यही महिना हुने भनिएपनि मिति भने तय भएको छैन् ।
छनौट भएका खेलाडीहरुको नामावली:-




