डाेटीमा हाइस दुर्घटना: बैतडीका नेगीकाे मृत्यु,६ जना घाइते

बैतडी: भीमदत्त राजमार्ग अन्तरगत डाेटीकाे जोरायल गाउँपालिका-२ मेलखोलामा हाइस दुर्घटना भएको छ।

कैलालीको धनगढीबाट बैतडीको पुर्चौँडीतर्फ आउँदै गरेको सुपप्र ०२००१ ज ०५६७ नम्बरको विद्युतीय हाइस मङ्गलवार राती करिब ११ः३० बजे दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा बैतडी डिलासैनी गाउँपालिका-४ का ४५ वर्षीय हर्क बहादुर नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। उनको उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अनियन्त्रित भएर भएको दुर्घटनामा ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा बैतडी डिलासैनी गाउँपालिका-४ का २७ वर्षीय धिरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय राम बहादुर नेगी, ६५ वर्षीया धना नेगी र रहेका छन् ।

यस्तै गाडीका चालक बैतडी पुर्चौँडी नगरपालिकाका करिब २४ वर्षीय अशोक बम पनि गम्भीर घाइते भएका छन् ।
घाइतेहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।
दुर्घटनाबारे अनुसन्धान भइरहेकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!