उपाभोक्ता समितिका अध्यक्षद्वारा प्राविधिकमाथि हातपात,आन्दोलनमा कर्मचारी

नगरका सेवा ठप्प

बैतडी: बैतडीको पुर्चौडी नगरपालिकाका प्राविधिक कर्मचारी केशव बहादुर ऐरमाथि एक उपभोक्ता समितिका अध्यक्षले हातपात गरेका छन् ।

नगरपालिकाको १ मा संचालन हुने चिस्यान केन्द्र स्थापना तथा स्थानिय हाट बजार प्रबद्र्धनका लागि पुर्वाधार योजना निर्माण स्थलमा खटिएका बेला प्राविधिक कर्मचारी ऐरमाथि सोही उपभोक्ता समिति अध्यक्ष बिर बहादुर गडालले हातपात तथा अन्य कर्मचारी माथि गालीगलौच गरेका हुन् ।

गडालले ऐरमाथि ज्यान मार्ने उद्देश्यले प्रहार गरेको र प्राविधिक शाखा प्रमुख जगदीश भण्डारी, सव इन्जिनियर चक्रबहादुर गुर्धामी र सव इन्जिनियर राकेश बममाथि अभद्र गालीगलौज गरेको आरोप छ ।
प्राविधिक कर्मचारीमाथि हातपात र गालीगलैच गरेको भन्दै नगरपालिकाका कर्मचारीले अनिश्चितकालका लागि नगरपालिकाबाट प्रवाह हुने सेवा ठप्प पारेका छन ।

नगरपालिकाका कर्मचारीहरुले हातपात गर्ने गडाललाई आवश्यक कारवाहीको माग राख्दै सामुहिक रुपमा विज्ञप्ती निकाल्दै सेवा प्रवाह ठप्प पारेका हुन् ।

हातपात तथा गालीगलौच गरेका गडाललाई उपभोक्ता समितिबाटै हटाउनु पर्ने र सार्वजनिक रुपमा गल्तीको स्वीकार गर्दै माफि मागे मात्रै नियमित काममा फर्किने कर्मचारीहरुको माग रहेको छ ।
फिल्डमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट हुनु जघन्य अपराध रहेको र यसमा हाम्रो गम्भीर आपत्ती रहेको जनाएको छ। फिल्डमा र खटिएका र राष्ट्रसेवक कर्मचारीमाथि हातपात हुनु अशोभनीय, निन्दनीय र अराजकताको पराकाष्ठा भएको भन्दै विज्ञप्तीमार्फत कारवाहीको माग गरिएको छ ।

प्राविधिक कर्मचारी ऐरले आफूमाथि भएको हातपातको विषयमा कानुनी प्रक्रियामा गएका बताउनुभयो । उहाँले भन्नुभयो,“ नगरपालिकाको काममा जाँदा समेत ज्यानको सुरक्षा भएन काम गर्न निकै समस्या भएको छ । कार्यस्थलमा भएको यो घटनाको छानबीन र किनारा नलाग्दासम्म काममा फर्कन सकिदैन् ।”

यता नगर प्रमुख दिपकबहादुर बमले कर्मचारीहरुको सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताउँदै छलफल गरेर समस्याको समाधान निकाल्ने बताउनुभयो ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!