दार्चुला: दार्चुलाको गोकुलेश्वरमा आजदेखि रामलिला यज्ञ सुरु हुँदैछ ।
चौलानी सभ्यता समाज नेपालको आयोजनामा शैल्यशिखर नगरपालिका वडा नम्बर ९ स्थित गोकुलेश्वर विमानस्थलमा रामलिला यज्ञ हुन लागेको हो ।
यज्ञमा शास्त्री नारद प्रशाद बिष्टले प्रवचन दिने चौलानी सभ्यता समाज नेपालका अध्यक्ष पुर्ण बहादुर साउँदले बताउनुभयो ।
शैल्य मालिकार्जुन गोकुलभूमी क्षेत्र गोकुलेश्वरको पुण्य भूमीमा यस क्षेत्रको धार्मिक प्राचिन तथा ऐतिहासिक र सामाजिक सद्भाव फैलाउने उद्देश्यले रामलिलाको आयोजना गरिएको जनाएको छ ।
रामलिला कम्तिमा १५ दिन सञ्चालन हुने अध्यक्ष साउँदको भनाई छ ।
रामलिला यज्ञको उद्घाटन कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीलगायत जनप्रतिनिधिहरु,सरकारी कार्यालयका प्रतिनिधिहरू,राजनीतिक दलका प्रमुख एंव प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, संगीतप्रेमी तथा स्थानीय कलाकारहरुको उपस्थिति रहनेछ ।
