बैतडीको राष्ट्रपति रनिङ शिल्ड पुर्चाैडीले जित्याे,दाेगडाकेदार दाेस्राे

गत वर्ष प्रथम भएकाे मेलाैली तेस्राेमा झर्याे

बैतडी: बैतडीको पुर्चौडी नगरपालिकामा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुर्चाैडी नगरपालिकाले जितकाे छ।
कमल विशाल पार्क खेलमैदानमा सम्पन्न प्रतियोगितामा ९ स्वर्ण,१० रजत र ७ कास्य हात पार्दै पुर्चाैडी प्रथम भएकाे हाे।
यस्तै ९ स्वर्ण,३ रजत र १ कास्यसहित दाेगडाकेदार गाउँपालिका दाेस्राे भएकाे जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

गत वर्ष प्रथम भएको मेलाैली नगरपालिका भने यसपटक तेस्राे स्थानमा झर्याे।
मेलाैलीले ८ स्वर्ण, ६ रजत र ६ कास्य प्राप्त गर्याे।

सान्त्वना स्थानमा चित्त बुझाएको सिगासले ७ स्वर्ण,६ रजत र ५ कास्य जित्यो ।
प्रतियोगितामा १० वटै पालिकाका टिमको सहभागीता रहेको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताउनुभयो ।

जिल्ला खेलकुद समितिको आयोजना र पुर्चौडी नगरपालिकाको सहआयोजनामा सुरू प्रतियोगिता वैेशाख ३ गतेदेखि सुरू भएको थियाे।

दुर्गम मानिएको पुर्चौडीमा पहिलोपटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे आयाेजना गरिएको हाे।

यस प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगातयका खेलहरूमा प्रतिस्पर्धा गराइएको थियोे ।

जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेशस्तरीय रनिङ्ग शिल्डका लागि छनौट हुनेछन् ।

गत वर्ष मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा मेलौली नगरपालिका प्रथम भएको थियो ।

Oplus_131072

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!