धनगढीले काठमाडौंलाई हरायाे, शीर्ष स्थानमा उक्लियाे

काठमाडौं: अहमद हिजाजीको ह्याट्रिकसँगै धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)मा शीर्ष स्थानमा उक्लिएकफ छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा साबिक उपविजेता धनगढीले पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सविरुद्ध ३–१ को पुनरागमन जित दर्ता गरेको हो। 

जितसँगै चार खेलमा आठ अंक जोडेको धनगढी शीर्ष स्थानमा उक्लिएको छ। समान अंक रहे पनि साबिक विजेता ललितपुर सिटी एफसी गोलअन्तरमा पछि परेको छ। पराजित काठमाडौं पाँच खेलबाट पाँच अंकका साथ चौथो स्थानमा छ।

२२औं मिनेटमा ओमोडोउ डिओपको गोलमार्फत काठमाडौंले सुरुआती अग्रता लिएको थियो। तर, ३५औं मिनेटमा हिजाजीले धनगढीलाई खेलमा फर्काए।

निर्धारित पहिलो हाफ सकिन चार मिनेटमा बाँकी रहँदा हिजाजीले नै गोल गर्दै धनगढीलाई २–१ को अग्रता दिलाए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा हिजाजीले ह्याट्रिक पूरा गरे। जारी एनएसएलमा ह्याट्रिक गर्ने हिजाजी पहिलो खेलाडी बनेका छन्।

दुवै टोली ८६औं मिनेटमा १० खेलाडीमा समेटिए। एकअर्कासँग झगडा गरेपछि रेफ्रीले प्रज्ज्वल क्षेत्रीले धनगढीका रक्षक रनदीप पौडेललाई दोहारो पहेंलोसहित रातो देखाए। यता, काठमाडौंका फरवार्ड भिन्सेन्ट कोजिएलो पनि सिधै रातो कार्ड पाए।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!