लोकतान्त्रिक खेलकुद संघ बैतडीको अधिवेशन सम्पन्न,अध्यक्षमा साैकार

बैतडी:नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीको अध्यक्षमा पुष्कर धानुक (सौकार) सर्वसम्मत चयन हुनुभएको छ ।
बिहीबार पुर्चौंडीमा सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनले धानुकको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा महेशराज जोशी,महिला उपाध्यक्षमा ललिता चन्द, सचिवमा प्रेम चन्द, सहसचिवमा उमेश भट्ट, कोषाध्यक्षमा घनश्याम धामी लगायत अन्य सदस्यहरु सर्वसम्मत रुपमा चयन हुनुभएको छ । 

यसअघि तदर्थ समितिको अध्यक्ष रहेका धानुकको नेतृत्वमा नेपाल लोकतान्त्रिक खेलकुद संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संघले खेलकुदका गतिविधिहरुलाई अगाडि बढाउने अध्यक्ष धानुकले बताउनुभयाे । 

जिल्ला अधिवेशनपछि पालिकाहरुमा समेत अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने र जिल्लाभरी संघको संगठन विस्तार गरिने अध्यक्ष धानुककाे भनाई छ । अहिले पालिका र क्षेत्रीय समितिका संयोजकहरु तोकिएका छन्। 

धानुकको अध्यक्षतामा भएको अधिवेशन उद्दघाटन सत्रमा पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बम प्रमुख अतिथी रहनुभएकाे थियाे।

यस्तै अधिवेशनमा नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं २ का क्षेत्रीय सचिव गणेश बिष्ट, पुर्चौंडी नगरपालिकाका प्रवक्ता धिरेन्द्र बम, वडा नं १ का वडा अध्यक्ष गणेश गडाल, वडा नं २ का वडा अध्यक्ष चक्रबहादुर बम,पुर्चौंडी नगर खेलकुद विकास समितिका अध्यक्ष अमिर ओड लगायत नेपाल लोकतान्त्रिक खेलकुद संघमा आवद्ध सदस्य, नेपाली कांग्रेसका नेता–कार्यकर्ता र शुभेच्छुक तथा भातृसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!