महिला एसियन कप:नेपाल कठिन समूहमा

काठमाडौं: नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटमा कठिन समूहमा परेको छ।

एसियाली फुटबल महासंघ एएफसीले मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा बिहीबार गरेको समूह विभाजनमा नेपाल फिफा वरीयतामा ५०औं स्थानमा रहेको उज्बेकिस्तानसँगै समूह ‘एफ’ मा परेको हो।

नेपाल भने वरीयतामा ९९औं स्थानमा छ। नेपाल रहेको समूहमा लाओस र श्रीलंका पनि छन्। लाओस १०७ र श्रीलंका १५८औं स्थानमा छ।

यो समूहका खेल उज्बेकिस्तानमा हुने तय छ। दुई समूहमा पाँच टोली र ६ समूहमा चार टोली रहनेछन्।

समूह विजेता एएफसी महिला एसियन कप २०२६ को लागि अस्ट्रेलिया जानेछन्।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!