काठमाडौं: दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रिमोट थिचेर लोगो र मस्कट सार्वजनिक गर्नुभयो ।
मस्कटमा रेड पाण्डा हाब्रे राखिएको छ भने लोगोमा ७ रङ, चन्द्र र सूर्य अंकित छ। लोगो र मस्कट दुवै विकास तमकुजुले बनाउनुभएको हो ।
दशौँ राष्ट्रिय खेलकुद २०८२ जेठ ३ गतेदेखि १० सम्म कर्णाली प्रदेशमा हुँदैछ।
