नेपाल उपविजेतामै सीमित,चलेन सावित्राकाे खुट्टा

काठमाडौं: घरेलु टोली नेपाललाई स्तब्ध पार्दै म्यानमारले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल २०२५ को उपाधि जितेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल म्यानमारसँग २-० गोलले पराजित भएको हो ।

यससँगै नेपाल पुनः उपविजेतामा सिमित बन्दै उपाधिबाट बन्चित बनेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा नेपाल म्यानमारलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।

तर, दोश्रो हाफमा नेपाल लगातार दुई गोल व्यहोर्दै पराजित हुन पुग्यो।
यसअघिका खेलमा राम्रो प्रदर्शन गरिरहेकी सावित्रा भण्डारी पनि फाइनलमा भने चल्न नसक्दा नेपाल उपविजेतामै सीमित रह्याे।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!