बैतडी: चितुवाकाे आक्रमणबाट बैतडीमा एकजना घाइते भएका छन् ।
घाइते हुनेमा जिल्लाकाे मेलाैली नगरपालिका ३ कुजिगाडका ३८ वर्षीय गणेश सिंह भाट रहेका छन्।
साेमबार बिहान १० बजेतिर स्थानीय जंगलमा बाख्रा चराउन गएका बेला गणेशलाई चितुवाले आक्रमण गरेकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयाे।
चितुवाकाे आक्रमणबाट गणेशकाे घाँटी,छाती र पिठ्युँमा चाेट रहेकाे छ।
घाइते गणेशकाे अवस्था मध्यम रहेकाे प्रवक्ता बडूले बताउनुभयाे।
घाइते गणेशलाई उपचारकाे लागि पाटन प्राथमिक स्वास्थ्यकेन्द्र पठाइएको छ।
चितुवाले मानिसमाथि आक्रमण गरेपछि उक्त क्षेत्रका स्थानीयबासिन्दा त्रसित भएका छन्।
उक्त क्षेत्रमा प्रहरीकाे टाेली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
