दशौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बैतडी च्याम्पियन, जित्याे स्वर्ण

बैतडी: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटको सुदूरपश्चिम छनाैटमा बैतडी च्याम्पियन भएकाे छ।

आज सम्पन्न फाइनल खेलमा कञ्चनपुरमाथि १ रनकाे राेमाञ्चक जित निकाल्दै च्याम्पियन बन्याे।

च्याम्पियन भएसंगै बैतडीले स्वर्णपदक समेत हात पारेकाे छ।

जितका लागि पाएकाे १०१ रनकाे लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सक्याे ।

जसमा सावित्री धामीले अर्धशतकीय पारी खेल्दै ५० रन बनाएपनि टाेलीलाई जिताउन सकेनन् ।

बलिङतर्फ बैतडीकी आरती बाेहराले २ विकेट हात पारिन्।

यसअघि धनगढीस्थित कैलालीगाउँमा पहिला ब्याटिङ गरेकाे बैतडीले १५ ओभरमा ७ विकेटको क्षतिमा १०० रन बनायाे ।

जसमा ममता चन्दले २५ र रेनु पेलाले अविजित १३ रन बनाइन्।
कञ्चनपुरकि सावित्री धामीले २ विकेट झारिन्।

प्रदेशस्तरीय छनाैटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छानिनेछन्।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!