दशौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटकाे सुदूरपश्चिम छनाैट माघ २९ देखि

बैतडी: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटको सुदूरपश्चिम छनाैट माघ २९ गतेदेखि हुने भएकाे छ।

कैलालीको धनगढीस्थित कैलाली गाउँकाे खेलमैदानमा हुने प्रतियोगितामा प्रदेशका ७ टाेलीकाे सहभागीता रहने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे ।
सहभागी हुने टाेलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ए मा कैलाली,डाेटी, बैतडी र बझाङ रहेका छन्। समूह बी मा कञ्चनपुर,दार्चुला र अछामलाई राखिएको छ।

प्रतियोगिताकाे उद्घाटन खेलमा माघ २९ गते कैलाली र डाेटी,साेही दिन हुने अर्काे खेलमा अछाम र दार्चुला तथा बैतडी र बझाङ खेल्नेछन् ।

माघ ३० गते हुने पहिलाे खेलमा कञ्चनपुरले र अछाम तथा दार्चुलामध्ये विजयीसंग भिड्नेछ।

माघ ३० गते नै हुने दाेस्राे खेलमा बैतडी र बझाङकाे विजेता तथा कैलाली र डाेटीमध्ये विजेता भिड्नेछन् ।
साेहि दिन हुने फाइनलमा समूह ए र समूह बी काे विजेता भिड्नेछन् ।

प्रतियोगिताका खेलहरू १५ ओभरका हुने जनाएको छ।
प्रदेशस्तरीय छनाैटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छानिनेछन्।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!