बैतडी:दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश छनोट माघ २८ गतेदेखि हुने भएको छ ।
प्रतियोगिताका खेलहरू सञ्चालन हुने मिति र स्थान ताेकिएकाे सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिनुभयाे ।
फागुन २ गतेसम्म सञ्चालन हुने दशौं छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा हुनेछन्।
परिषद्का अनुसार माघ २८ गतेदेखि कञ्चनपुरकाे महेन्द्रनगरमा कबड्डी, कराँते र तेक्वान्दो सुरू हुनेछ।
यस्तै साेहि दिनदेखि कैलालीको धनगढीमा फुटबल, एथलेटिक्स, खो खो, बुद्धिचाल,बक्सिङ, भलिबल, टेबल टेनिस, क्रिकेट,बास्केटबल,उसु,ह्याण्डबल, भारात्तोलन,फुल कन्ट्राक्ट कराँते, ब्याडमिन्टन छनोट प्रतियोगिताका खेलहरु हुनेछन् ।
प्रदेशस्तरीय छनाैटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छानिनेछन्।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ।

