काठमाडौं: जय ट्रफी एलिट कप बहुदिवसीय क्रिकेट प्रतियोगिताकाे उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
आज सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले स्तब्ध पार्दै पुलिसले उपाधि रक्षा गर्याे।
१०३ रनको सामान्य लक्ष्य पछ्याएको आर्मी २९.२ ओभरमा ७४ रनमा अलआउट भयो ।
आर्मीका लागि इमरान शेखले २८ तथा कप्तान विनोद भण्डारी र सोमपाल कामीले ११–११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
पुलिसका लागि सागर ढकालले ६ र ललित राजवंशीले ४ विकेट लिए । सागरले १४.२ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए ।
ललितले १५ ओभरमा ३९ रन खर्चेर ६ विकेट लिए ।
