बैतडी:शिवनाथ गाउँपालिकाको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी नागार्जुन मावि शर्मालीले हात पारेको छ। नागार्जुन माविकै प्राङ्गणमा सञ्चालन भएको प्रतियोगिताको उपाधी नागार्जुन माविले हात पारेको छ।
शर्मालीले १३ स्वर्ण, ५ रजत र १ कास्य पदक सहित उपाधी हात पारेको हाे । यसैगरी ६ स्वर्ण, ३ रजत र ३ कास्य पदक सहित हिरापुर मावि बसेडिभ्वा उपविजेता बनेको छ।
चन्द्रदेवल मावि सोल्पला २ स्वर्ण, ५ रजत र ५ कास्य पदक सहित तेस्रो भएको भलिवल प्रशिक्षक हरि भण्डारीले जानकारी दिनुभयो। प्रतियोगिताको उत्कृष्ट मार्च पासमा शारदा माबि मटेला र अनुशासनमा उदय मावि कफाडिलाई छनौट गरिएको छ।
आज भएको फाईनल खेलमा खेलमा उत्कृष्ट एथिलेटिक्स छात्रमा नागार्जुन मावि शर्मालीका कपिल चौक्याल र छात्रामा नागार्जुन माबि शर्मालीकै सविता साउदलाई छनौट गरिएको जनाईएको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ पाचौँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुक्रवारबाट सुरु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले जानकारी दिनुभयाे ।
प्रतियोगितामा पालिका भरीका ९ माध्यमिक विद्यालयहरुको सहभागी रहेका थिए।

