जय ट्रफी क्रिकेट: त्रिभुवन आर्मी उपाधिनजिक

काठमाडौं: जय ट्रफी एलिट कप बहुदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ। लिगको अन्तिम खेलमा मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो। 

आइतबार खेलको दोस्रो दिन वीरगञ्जमा मधेशले दिएको २८ रनको झिनो लक्ष्य आर्मीले २ विकेट गुमाएर पार गर्‍यो। 

त्यसअघि दोस्रो इनिङग्समा मधेश १५० रनमा अलआउट भएपछि आर्मीले २८ रनको लक्ष्य पाएको थियो। दोस्रो इनिङग्समा मधेशका लागि मयन यादवले सर्वाधिक ४९ रन बनाए। बलिङमा आर्मीका बसिर अहमदले ४ विकेट लिए भने शाहब अलामले ३ विकेट र आकाश चन्दले २ विकेट हात पार्न सफल भए। 

पहिलो इनिङग्समा मधेश १०२ रनमै अलआउट भएपछि फलोअनमा परेको थियो। त्यसअघि आर्मीले ९ विकेटको क्षतिमा २२५ रन बनाएर इनिङग्स समाप्तीको घोषणा गरेको थियो।

पहिलो इनिङग्समा आर्मीका लागि भीम सार्कीले ५२ रन र बसिर अमहदले ६७ रन बनाए। मधेशका लागि कप्तान हरिशंकर शाहले ३१ रन बनाए।

बलिङमा आर्मीका शाहब अलामले ६ विकेट लिएका थिए। मधेशका लागि पहिलो इनिङग्सको बलिङमा रन्जित कुमारले ह्याट्रिकसहित ५ विकेट लिएका थिए। 

शाहबले दुवै इनिङग्समा गरी ९ विकेट लिन सफल भए।

प्रतियोगितामा ४ टाेलीकाे सहभागीता रहेकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!