दोगडाकेदारकाे राष्ट्रपति रनिङ शिल्ड पिपलकाेटले जित्यो

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकामा जारी पाचौं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
दोगडाकेदार गाउँपालिका ७ लवलेकमा पौष २४ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

प्रतियोगितामा गाउँपालिकाका ११ वटा बिद्यालयको सहभागीता रहेको थियो ।
सहभागी बिद्यालय मध्ये श्रीकेदार मावि दोगडाकेदार ४ पिपलकोट प्रथम भएकोछ ।  श्री केदार माविले प्रथम हुदै ८ स्वर्ण ३ रजत र ३ कास्य जितेको हो ।

सनातन धर्म मावि दोगडाकेदार ३ श्रीकोटले द्वितिय स्थान हासिल गरेको छ । ६ स्वर्ण ७ रजत र ९ कास्य जितेर द्वितिय स्थान हासिल गरेको हो ।

भगवती मावि सित्तडले तृतीय स्थान हासिल गरेको छ । ६ स्वर्ण ३ रजत र ४ कास्य हात पार्दै भगवती मावि सित्तडले तृतीय स्थान हासिल गरेको हो ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीको अध्यक्षतामा भब्यरुपमा सम्पन्न भएको रनिङ शिल्ड प्रतियोगितामा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द प्रमुख अतिथि रहनुभएको थियो ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!