सन्दीपकाे कप्तानीमा अन्तिम टाेली घाेषणा

काठमाडौं: नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुने  जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ ।

बागमती प्रदेश क्रिकेट संघले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो ।

टाेलीका सदस्यहरूमा सन्दीप लामिछाने(कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ र तिलकराज भण्डारी रहेका छन्।

बागमती प्रदेशले गत साता प्रारम्भिक टोलीमा १८ खेलाडीलाई डाकेको थियो ।

प्रारम्भिक टोलीमा रहेका रोविन जोशी, अशोक पौडेल र दयानन्द मण्डललाई बाहिर राख्दै अन्तिम टोली घोषणा गरेको हो ।

जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ ।

जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) को सहभागिता रहने छ ।

जनकपुर र वीरगंजमा हुने प्रतियोगितामा बागमती प्रदेशको लिगका सबै खेल जनकपुरमा हुनेछ । बागमतीले उद्घाटनकै दिन मधेश प्रदेशको सामना गर्नेछ ।

सिङ्गल राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल हुनेछ । क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय ढाँचामा खेलाइने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!