जय ट्रफी एलिट कप क्रिकेट पुस २१ देखि हुने

काठमाडौं: नेपाल क्रिकेट संघ क्यानले जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

जनकपुर र विरगंजमा सञ्चालन हुने प्रतियोगिता दुईदिवसीय हुनेछ ।

क्यानका पूर्व अध्यक्ष स्वर्गीय जयकुमार नाथ शाहको नाममा नामाकरण गरिएको हो । शाहले क्रिकेट खेलको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

पुस २१ देखि माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष ४ टोली सहभागी हुन पाउनेछन् ।

जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेशको सहभागीता रहने छ ।

सिङ्गल राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ ।

लिग चरणका खेल दुई दिवसीय ढाँचामा आयोजना हुनेछ । फाइनल खेल भने तीन दिवसीय रुपमा खेलाइने बताइएको छ ।

क्रिकेटको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगितालाई महत्वपूर्ण मानिएको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

खेलतालिका:-

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!