बिडिसिए इलाइट कप: त्रिपुरा रेलिगेसनमा,प्लेट च्याम्पियनसिपमा घटुवा

बैतडी:त्रिपुरा क्रिकेट क्लब,बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए इलाइट कप एकदिवसीय क्रिकेट प्रतियोगिताबाट घटुवा भएकाे छ।
लगातार चार खेलमा पराजित भएकाे त्रिपुरा इलाइट कपबाट बाहिरिनुका साथै प्लेट च्याम्पियनसिप घटुवा भएकाे हाे।
त्रिपुराले अर्काे वर्षकाे बिडिसिए कप प्रतियोगिता प्लेट च्याम्पियनसिपबाट खेल्नेछ।
गत वर्ष सम्पन्न बिडिसिए कप त्रिपुरा सेमिफाइनल पुग्दै इलाइट कपका लागि छनाैट भएकाे थियाे । तर एक वर्षमै रेलेगेसन पर्दै प्लेट च्याम्पियनसिपमा घटुवा भएकाे हाे।

आज सम्पन्न खेलमा निङ्गलाशैनी क्रिकेट क्लबले त्रिपरालाई ८ विकेटले पराजित गर्याे। तीनवटा खेल खेलेको निङ्गलाशैनीकाे याे पहिलाे जित हाे।
जितका लागि पाएकाे १७२ रनकाे लक्ष्य २४.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे। जसमा दिपेश बाेहराले ६१ र गजेन्द्र बाेहराले ५२ रन बनायो ।
त्रिपुराका लाेकेन्द थापाले २ विकेट झारे।
यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे त्रिपुरा ३२.४ ओभरमा १७१ रनमा अलआउट भयाे। उसका महेन्द्र मार्कण्डले सर्वाधिक ४० रन जाेडे ।
निङ्गलाशैनीका रिसिकेश बाेहराले ४ र हिक्मत महराले ३ विकेट हात पारे।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर २० गतेदेखि सुरू भएकाे प्रतियोगिता मंसिर ३० गते सम्पन्न हुनेछ ।

प्रतियोगिताकाे प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।

याे प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे ।

गत वर्ष सम्पन्न २० औ संस्करणको बिडिसिए कपकाे उपाधि दशरथचन्द क्रिकेट एकेडेमीलाई १ विकेटले स्तब्ध पार्दै निङ्गलाशैनी क्रिकेट क्लबले जितेको थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!