दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि हुने

काठमाडौं: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैतमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपका अनुसार कर्णाली प्रदेशको सुर्खेतमा हुने उक्त प्रतियोगिता चैत २३ देखि ३० गते हुनेछ।

शुक्रबार बसेको १ सय १८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए ।

यसअघि राखेपले दशौं राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णाय गरेको थियो । तर तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!