बैतडी: बैतडीमा आजदेखि २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताकाे इलाइट च्याम्पियनसिप सुरू भएको छ।
प्रतियोगिताकाे एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गरेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे।
उद्घाटन समाराेहपश्चात भएकाे पहिलाे खेलमा पञ्चकाेटी युवा क्लबले विजयी सुरूवात गरेकाे छ।
पञ्चकाेटीले सुखद सुरूवात गर्ने क्रममा त्रिपुरा क्रिकेट क्लबमाथि १५० रनकाे शानदार जित निकाल्याे।
जितका लागि पाएकाे २७७ रनकाे लक्ष्य पछ्याएकाे त्रिपुरा १६ ओभरमा १२६ रनमा समेटियाे। उसका लाेकेन्द्र थापाले ७५ रन जाेडेपनि हार टार्न सकेनन् ।
पञ्चकाेटीका म्यान अफ द म्याच भएका उमेश बुडालले ६ विकेट हात पारे।
यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे पञ्चकाेटीले निर्धारित ३५ ओभरमा ६ विकेटको क्षतिमा २७६ रन बनायाे ।
जसमा नरेश लावड ६८ र सुमित बुडालले ६० रनकाे याेगदान गरे।
त्रिपुराका लाेकेन्द्र थापाले २ विकेट हात पारे।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सुरू भएकाे प्रतियोगिता मंसिर ३० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिता दुई चरणमा भइरहेकाे हाे। यसअघि मंसिर ११ गतेदेखि १८ गतेसम्म प्लेट च्याम्पियनसिप भएकाे थियाे।
याे प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।
प्रतियोगिताकाे प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।
