रेडियन्ट ग्याँस बिडिसिए कप: ग्वाल्लेक फाइनलमा,कालाशैनी आउट

बैतडी: बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताकाे पहिलो सेमिफाइनलबाट ग्वाल्लेक क्रिकेट क्लब फाइनलमा प्रवेश गरेकाे छ।

ग्वाल्लेकले कालाशैनी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हाे।

कालाशैनीले दिएकाे ९९ रनकाे झिनाे लक्ष्य ग्वाल्लेकले १७.४ ओभरमा ४ विकेटको क्षतिमा सहजै पार गर्याे ।

जसमा उमेश जाेशीले ३१ रनकाे याेगदान गरे।

त्यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे कालाशैनी २२ ओभरमा ९८ रनमा अलआउट भयाे।
उसका टेकेन्द्र बहादुर चन्दले सर्वाधिक १९ रन हिर्काए।

ग्वाल्लेकका भाेजराज जाेशी र यज्ञराज जाेशीले ३/३ विकेट हात पारे।

ग्वाल्लेकले अब कैलपाल र पञ्चकाेटीमध्ये विजेता टिमसंग उपाधिका लागि भिड्नेछ।

प्लेट च्याम्पियनसिप अन्तरगत भइरहेको प्रतियोगिताकाे विजेता टाेली इलाइट च्याम्पियनसिपका लागि छनाैट हुनेछ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर ११ गतेदेखि जारी प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।

Comments are closed.

error: Content is protected !!