ईन्सपेक्टर बिरेन्द्र बोहरा सर्वोत्कृष्ट गण प्रहरीका रुपमा सम्मानित

बैतडी: कर्णाली प्रदेश प्रहरी गण,सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक बिरेन्द्र बहादुर बोहरा सर्वोत्कृष्ट गण प्रहरीका रुपमा सम्मानित हुनुभएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाडौं घर भएका प्रहरी निरीक्षक बोहरालाई कर्णाली प्रदेश प्रहरी गण,सुर्खेतले कात्तिक महिनाको सर्वोत्कृष्ट गण प्रहरीका रुपमा सम्मान गरेको हो ।

बडा दशैं,तिहार र छट पर्वको शान्तिसुरक्षाको लागि गणबाट परिचालन भएको प्रहरी जनशक्तीलाई उत्कृष्ट ढंगबाट परिचालन गर्नुका साथै गण परिसरभित्र डिउटीलगायतका कार्यालयका अन्य कामहरु अनुशासित, कर्तव्यनिष्ठ भई उत्कृष्ट एवं त्रुटिरहित ढंगबाट सम्पादन गर्नुका साथै आफूलाई दिइएको जिम्मेवारी ईमान्दारी तथा बफादारीका साथ गर्दै आइरहेको हुँदा सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै र यसको निरन्तरताका साथै प्रहरी कर्मचारीहरुलाई समेत प्रोत्साहन गर्न बोहरालाई २०८१ साल कात्तिक महिनाको सर्वाेत्कृष्ट गण प्रहरीका रुपमा घोषणा गरिएको कर्णाली प्रदेश प्रहरी गण,सुर्खेतले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी गण,सुर्खेतका गण प्रमुख,प्रहरी उपरीक्षक नेत्रमणी गिरीले प्रहरी निरीक्षक बोहराको उज्वल भविष्यका साथै उत्तरोत्तर प्रगतीको कामना समेत गर्नुभएको छ ।

सर्वाेत्कृष्ट गण प्रहरी भएकोमा खुसी व्यक्त गर्दै प्रहरी निरीक्षक बोहराले आगामी दिनमा पनि संगठनले दिएको जिम्मेवारी अनुशासित, कर्तव्यनिष्ठ,उत्कृष्ट एवं त्रुटिरहित ढंगबाट सम्पादन गर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!