रेडियन्ट ग्याँस बिडिसिए कप इलाइट च्याम्पियनसिप मंसिर २० देखि हुने

बैतडी:२१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए एकदिवसीय क्रिकेट प्रतियोगिता २०८१ काे इलाइट च्याम्पियनसीप यही मंसिर २० गतेदेखि हुने भएकाे छ।

बैतडी जिल्ला क्रिकेट संघकाे आयाेजना हुन लागेकाे याे प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनाैट प्रतियोगिताकाे रूपमा समेत लिइएको छ।

प्रतियोगिता प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा गरेर सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले जानकारी दिनुभयो ।

पहिलाे चरणमा मंसिर ११ गतेदेखि प्लेट च्याम्पियनसिपका खेलहरू सञ्चालन हुनेछन्। प्लेट च्याम्पियनसिपकाे विजेता टाेली इलाइट च्याम्पियनसिपका लागि छनाैट हुनेछ।

यसका साथै गत संस्करणमा सेमिफाइनल पुगेका चार टाेली र याे वर्षकाे प्लेट च्याम्पियनसिपकाे विजेता टिमबीच इलाइट च्याम्पियनसिप हुनेछ।

निङलाशैनी क्रिकेट क्लब,दशरथचन्द क्रिकेट एकेडेमी, त्रिपुरा क्रिकेट क्लब र एनआरवाईसी टिम गत वर्ष सेमिफाइनलमा पुगेका थिए।
मंसिर २० गते हुने इलाइट च्याम्पियनसिपकाे पहिलाे खेलमा त्रिपुरा र प्लेट च्याम्पियनबीच भिडन्त हुनेछ।
मंसिर २१ गते एकेडेमी र निङलाशैनी,मंसिर २२ गते एनआरवाइसी र त्रिपुरा,मंसिर २३ गते एकेडेमी र प्लेट च्याम्पियन , मंसिर २४ गते एनआरवाइसी र निङलाशैनी,मंसिर २५ गते त्रिपुरा र एकेडेमी प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै मंसिर २६ प्लेट च्याम्पियन र एनआरवाइसी,मंसिर २७ गते त्रिपुरा र निङलाशैनी,मंसिर २८ गते एनआरवाइसी र एकेडेमी ,मंसिर २९ गते निङलाशैनी र प्लेट च्याम्पियनबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका शिर्ष दुई टाेली मंसिर ३० गते उपाधिका लागि भिड्नेछन् ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू दशरथचन्द क्रिकेटमैदान सुन्दरखालीमा सञ्चालन हुनेछन् ।
बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले जानकारी दिनुभयो ।
याे प्रतियोगिता पहिलाेपटक टर्फ पिचमा हुनेछ।

बैतडी जिल्ला क्रिकेट संघले गत वर्षदेखि ओडिआई फरम्याटमा प्रतियोगिता सञ्चालन गरिरहेकाे छ।

प्रतियोगिताकाे प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र प्लेट च्याम्पियन हुने टाेलीलाई २५ हजार, म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।

प्रतियोगिताकाे मुख्य प्रायाेजक राेयल मल्टिलुक कन्सर्न (रेडियन्ट ग्याँस) रहेकाे छ। थप सहयाेगका लागि अन्य संघसंस्था र सराेकारवाला सम्पूर्णमा आग्रह गरिएको छ।

गत वर्ष सम्पन्न २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङलाशैनी क्रिकेट क्लबले जितेको थियाे।

खेलाडी उत्पादन र क्षमता अभिबृद्धिका जिल्लास्तरबाटै प्लेट र इलाइट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयाे।

Oplus_131072

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!