बैतडी:
दशौं बृहत राष्ट्रिय खेलकुदको लागि बैतडीबाट खेलाडी छनाैट गरिएको छ। कात्तिक ३ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको छनाैट प्रतियोगिता उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनाैटमा परेका हुन्।
१७ खेलका १७७ जना खेलाडी छनाैट भएका बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो । छनाैट भएका खेलाडीहरू प्रदेशस्तरीय छनाैटमा सहभागी हुन पाउनेछन्।
प्रदेशस्तरीय छनाैट कहिले हुने भन्ने टुंगाे लागेकाे छैन्।
टेबुल टेनिस,बुद्धिचाल,भारत्ताेलन (महिला,पुरूष),
कराँते,तेक्वान्दो आइटीएफ,तेक्वान्दो,ब्याडमिन्टन (महिला,पुरूष)तर्फ, उसु,फुल कराँते,कराते (महिला,पुरूष) , भलिबल महिला,पुरूष) , एथ्लेटिक्स(महिला,पुरूष), कबड्डी (महिला,पुरूष) र पुरूष फुटबल, पुरूष बक्सिङ र महिला र पुरूष क्रिकेटका खेलाडी छनाैट भएका हुन्।
छनाैट प्रतियोगितामा एकहजार बढी खेलाडी सहभागीता थियाे।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ गतेदेखि कर्णाली प्रदेशमा हुने तय भएकाे छ। तर सर्ने सम्भावना बढेको छ।











