बैतडी: दशौं बृहत राष्ट्रिय खेलकुदको बैतडीको जिल्लास्तरीय छनाैट प्रतियोगिता सम्पन्न भएको छ।
पाटनमा आज एक कार्यक्रमकाबीच प्रतियोगिताकाे समापन गरिएको बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।
समापन समाराेहमा जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी,कार्यालय प्रमुख तर्कराज जाेशी,भलिबल प्रशिक्षक हरि भण्डारी, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बाेहरा,क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर चन्द,बैतडी जिल्ला क्रिकेट संघका उपाध्यक्ष लाेगराज जाेशी,क्रिकेट छनाैट समितिका सदस्य राजेन्द्र चन्द,प्रदेश अम्पायर हरिश रावललगायतको उपस्थिति रहेकाे थियाे।
कात्तिक ३ गतेदेखि शुरू भएको छनाैट प्रतियोगिता आज सम्पन्न भएकाे हाे ।
यसअघि विभिन्न विधाका प्रतियोगिता पनि सम्पन्न भएका छन्।
टेबुल टेनिस,बुद्धिचाल,भारत्ताेलन (महिला,पुरूष),
कराँते,तेक्वान्दो आइटीएफ,तेक्वान्दो,ब्याडमिन्टन (महिला,पुरूष)तर्फ, उसु,फुल कराँते,कराते (महिला,पुरूष) महिला, पुरूष भलिबल , एथ्लेटिक्स(महिला,पुरूष), कबड्डी (महिला,पुरूष) र पुरूष फुटबल, पुरूष बक्सिङ र महिला र पुरूष क्रिकेट छनाैट प्रतियोगिता सकिएका हुन्।
छनाैट प्रतियोगितामा एकहजार बढी खेलाडी सहभागी थियाे। सहभागीमध्ये सबै खेलका गरेर २८१ खेलाडी छनाैट हुनेछन्।
छनाैट भएका खेलाडीकाे नामावली केही दिनमा सार्वजनिक गरिने खेलकुद समितिले जनाएको छ।
जिल्लाबाट छनाैट भएका खेलाडीले प्रदेशस्तरीय छनाैट खेलमा सहभागी हुनेछन्।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ गतेदेखि कर्णाली प्रदेशमा हुने तय भएको छ ।

