दशौं राष्ट्रिय खेलकुद: बैतडीमा छनाैट प्रतियोगिताकाे उद्घाटन

खेलकुद क्षेत्रलाई राज्यले उपेक्षा गरेकाे आराेप

बैतडी: दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको बैतडीको जिल्लास्तरीय छनाैट प्रतियोगिताकाे उद्घाटन गरिएको छ। सदरमुकाम गढीस्थित टुँडिखेलमा आज एक समाराेहकाबीच उद्घाटन गरिएको बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

उद्घाटन समाराेहमा दशरथचन्द नगरपालिकाका उपप्रमुख काैशिला चन्द,पाटन नगरपालिकाका उपप्रमुख कमल बाेहरा,प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीलगायतकाे उपस्थिति रहेकाे थियाे।

उक्त समाराेहमा बाेल्दै प्रमुख जिल्ला अधिकारी शर्माले
खेलकुद क्षेत्रमा स्थानीय तहहरूकाे ध्यान जान नसकेकाेप्रति चिन्ता व्यक्त गर्नुभयाे। उहाँले भन्नुभयो,” देशलाई चिनाउने र राष्ट्रका गहना खेलकाे विकास र खेलाडी उत्पादनमा स्थानीय तहहरूकाे ध्यान जान सकेकाे छैन्। खेलकुद क्षेत्रलाई पनि प्राथमिकता राख्न जरुरी छ।”
पाटन नगरपालिकाका उपप्रमुख कमल बाेहराले खेलकुद क्षेत्र प्राथमिकता राखिएको भएपनि खेलकुदकाे बजेट सही उपयाेग हुन नसकेकाे बताउनुभयाे। उहाँले भन्नुभयाे,”जिल्लाका सबै स्थानीय तहमा गरेर २ कराेड बजेट बिनियाेजन हुने गरेकाे छ। तर उक्त बजेट सही ठाउँमा उपयाेग हुँदैन। न खेल संरचना बने न खेलाडी उत्पादन हुन सके।”

समाराेहका प्रमुख अतिथि समेत रहनुभएका दशरथचन्द नगरपालिकाका उपप्रमुख काैशिला चन्दले खेलकुद क्षेत्रलाई बैतडी स्थानीय तहहरूले प्राथमिकतामा राखेकाे बताउनुभयाे। उहाँले भन्नुभयाे,”पछिल्लो समय बैतडीका स्थानीय तहहरूले खेलकुद क्षेत्रलाई पनि प्राथमिकता राखेकाे छ। यहाँका स्थानीय तहहरूमा हरेक वर्ष खेलकुद गतिविधि भइरहेका छन्।”
नियमित रूपमा हुने खेलकुद प्रतियोगिताले खेलाडी उत्पादनमासमेत टेवा पुगेकाे उहाँकाे दाबी रहेको छ।

जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी राज्यले खेल क्षेत्रलाई उपेक्षा गरेकाे आराेप लगाउनुभयाे। उहाँले भन्नुभयाे,” राज्यले खेल क्षेत्रलाई उपेक्षा गरेकाे छ। कम बजेटमा प्रतियोगिता सञ्चालन गर्नुपरेको छ। प्रतियोगिता सञ्चालन गर्दा पालिकाहरूले सहयाेग गर्दैनन् । खेल क्षेत्रमा थप बजेटकाे व्यवस्था गर्नुपर्छ।”
उद्घाटनपश्चात विभिन्न विधाका प्रतियोगिता पनि सम्पन्न भएका छन्।
टेबुल टेनिस,बुद्धिचाल,भारत्ताेलन (महिला,पुरूष),
कराँते,तेक्वान्दो आइटीएफ,तेक्वान्दो,ब्याडमिन्टन (महिला,पुरूष)तर्फका छनाैट खेल सम्पन्न भएका छन्।
यस्तै भाेलि उसु,फुल कराँते,कराते (महिला,पुरूष) सदरमुकाममा, कात्तिक ६ गते महिला, पुरूष भलिबल देहिमाडाैंमा हुने भएकाे छ।

यसका साथै कात्तिक ७ गते देहिमाडाैंमा एथ्लेटिक्स(महिला,पुरूष), कात्तिक ८ गते पाटनमा कबड्डी (महिला,पुरूष) र पुरूष फुटबल, पुरूष बक्सिङ हुनेछ।
कात्तिक ९ गते पाटनमै महिला र पुरूष क्रिकेट छनाैट प्रतियोगिता हुनेछ।
प्रतियोगिताका लागि एकहजार ३५ खेलाडीले आफ्नाे नाम दर्ता गराएका छन्। जसमध्ये सबै खेलका गरेर २८१ खेलाडी छनाैट हुनेछन्।

जिल्लाबाट छनाैट भएका खेलाडीले प्रदेशस्तरीय छनाैट खेलमा सहभागी हुनेछन्।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ गतेदेखि कर्णाली प्रदेशमा हुने तय भएको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!