दशौं राष्ट्रिय खेलकुदः बैतडी जिल्ला छनाैट कात्तिक ३ गतेदेखि

बैतडी: दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको बैतडीको जिल्लास्तरीय छनाैट प्रतियोगिता कात्तिक ३ गतेदेखि हुने भएकाे छ।
छनाैट प्रतियोगिता कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्म सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताउनुभयाे।

प्रतियोगिताका खेलहरू सञ्चालनका लागि जिल्लाका विभिन्न मैदानमा फरक फरक मितिमा राखिएको छ।

कात्तिक ३ गते टेबुल टेनिस,बुद्धिचाल,भारत्ताेलन (महिला,पुरूष) सदरमुकाममा,कात्तिक ४ गते कराँते,तेक्वान्दो आइटीएफ,तेक्वान्दो,ब्याडमिन्टन (महिला,पुरूष) सदरमुकाममा, कात्तिक ५ गते उसु,फुल कराँते,कराते(महिला,पुरूष)सदरमुकाममा,कात्तिक ६ गते पुरूष भलिबल देहिमाडाैंमा हुने भएकाे छ।

यसका साथै कात्तिक ७ गते महिला भलिबल,कबड्डी (महिला,पुरूष) पाटनमा,कात्तिक ८ गते एथलेटिक्स (महिला,पुरूष), पुरूष फुटबल, पुरूष बक्सिङ पाटनमा, कात्तिक ९ गते पुरूष क्रिकेट र कात्तिक १० गते महिला क्रिकेट देहिमाडाैंमा सञ्चालन हुने जिल्ला खेलकुद समितिले जनाएको छ।

खेलाडी दर्ता फारम नभरेका खेलाडीलाई छनाैट प्रतियोगितामा सहभागी नगराइने बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

यस्तै छनाैट प्रतियोगितामा सहभागी नभएका खेलाडी छनाैट पनि नहुने प्रमुख जाेशीले बताउनुभयाे।

यसअघि खेलाडी नाम दर्ता भदाै २२ गतेसम्म खुला गरिएको थियाे। उक्त अवधिमा सबै खेलका गरेर एकहजार खेलाडीले आफ्नाे नाम दर्ता गरेका छन्।

जिल्लाबाट छनाैट भएका खेलाडीले प्रदेशस्तरीय छनाैट खेलमा सहभागी हुन पाउनेछन्।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ गतेदेखि कर्णाली प्रदेशमा हुँदैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!