नेविसंघ बैतडीको शुभकामना आदानप्रदान र चियापन कार्यक्रम सम्पन्न

बैतडी: नेपाल विद्यार्थी संघ बैतडीले विजयादशमी तथा शुभ दीपावलीकाे अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमकाे आयाेजना गरेकाे छ।

सदरमुकामस्थित नेपाली कांग्रेसकाे पार्टी कार्यालय गाेठलापानीमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द रहनुभएकाे थियाे।

नेविसंघ बैतडीका अध्यक्ष दीपेन्द्र ढुंगालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बैतडीका पूर्व सभापति नरेन्द्र सिंह थापा, उपसभापति खगेन्द्रसिंह धामी, सचिवद्वय देवराज जाेशी,प्रेमबहादुर चन्द,सहसचिव दीपेन्द्र बहादुर चन्द,दशरथचन्द नगरपालिकाका उपप्रमुख काैशिला चन्द,शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँद,पाटन बहुमुखी क्याम्पसका स्ववियु सभापति भागरथी भट्ट,भातृ तथा शुभेच्छुकसंस्थाका प्रमुख तथा प्रतिनिधि,पार्टीबाट निर्वाचित जनप्रतिनिधिलगायतको सहभागीता रहेको नेविसंघ बैतडीका सहसचिव राेशन भट्टले जानकारी दिनुभयाे।
कार्यक्रममा बाेल्ने वक्ताले विजयादशमी तथा शुभ दिपावलीकाे शुभकामना दिदै नेविसंघलाई चलायमान बनाउनुपर्नेमा जाेड दिनुभयाे।
पार्टीका शुभेच्छुक संस्था र भातृ संस्था बलियाे भए पार्टी मजबुद हुने पार्टी सभापति चतुरबहादुर चन्दले बताउनुभयाे।उहाँले भन्नुभयाे,”सबै भातृ तथा शुभेच्छुक संस्थालाई चलायमान बनाउनुपर्छ,जसले गर्दा पार्टी मजबुद हुन्छ ।”

संगठन बिस्तार र चलयामान बनाउदै संगठनका गतिविधि सञ्चालन गर्नुपर्नेमा जाेड दिनुभयाे। उहाँले भन्नुभयाे,” पदमा मात्रै बसेर हुदैन, संगठनलाई चलायमान पनि बनाउनुपर्छ। संगठन बिस्तार तथा अन्य गतिविधि सञ्चालन गर्न आवश्यक पर्ने सहयाेग पार्टीले गर्छ।”

संगठन बिस्तारकाे कामलाई तिब्रताका साथ अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्दै नेविसंघ बैतडीका अध्यक्ष दीपेन्द्र ढुंगालले यसमा सबैकाे साथ र सहयाेग आवश्यक पर्ने बताउनुभयाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!