सुरक्षा योजना लागू: चारसय प्रहरी परिचालन, सहायता कक्ष र सीमानाकामा कडाइ

बैतडी: बैतडीमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ। जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेर योजना लागू गरेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताउनुभयाे।

चाडपर्वको समयमा जिल्लाभरीका ३५ ओटा प्रहरी युनिटबाट ४ सय प्रहरी खटाइएकाे छ। सुरक्षा योजना अन्तर्गत चोरीडकैती नियन्त्रण, जुवातास नियन्त्रण, बैंक तथा बित्तीय संस्थाहरुको सुरक्षा, सीमा नाकाबाट हुनसक्ने अवैध निकासी नियन्त्रण, मेलापर्व सुरक्षा, अवैध मदिरा नियन्त्रण, कालोबजारी नियन्त्रण लगायतका कुराहरु समेटिएका छन्।

यस्तै चाडपर्वको समयमा यात्रुहरुको चाप बढ्ने भएकाले सडक सुरक्षालाई पनि योजनामा उच्च महत्वका साथ राखिएको प्रहरी निरीक्षक ढुंगानाले बताउनुभयाे। क्षमताभन्दा बढी यात्रु बोक्न नदिने र यात्रुहरुलाई गन्तव्यमा पुग्नका लागि प्रहरीले सहजीकरण गर्नेछ।

यस्तै यात्रुहरुकै समस्यालाई ध्यानमा राखेर जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्षा स्थापना गर्ने कुरा समेत सुरक्षा योजनामा समेटिएको प्रहरी निरीक्षक ढुंगानाले बताउनुभयाे। जसअनुसार जिल्लाका नाै स्थानमा सहयता कक्ष स्थापना गरिएका छन्।
खाेडपे,पाटन,सतबाँझ,गुरूखाेला,देहिमाडाैं,गाेठलापानी,सीमानाका झुलाघाट,पुर्चाैडी र मेलाैलीमा सहयता कक्ष स्थापना गरिएका हुन्। भारतसंग सीमा जाेडिएकाे नाका झुलाघाटमा चेकजाँचमा पनि कडाइ गरिएको छ।
चाडपर्वको समयमा विभिन्न खालका अवाञ्छित क्रियाकलाप हुन सक्ने भएकाले यो तर्फ सबै नागरिक सचेत हुनुपर्नेमा प्रहरीको जाेड रहेकाे छ।

पारिवारिक मिलनकाे पर्वका रूपमा समेत रहेकाे दशैंमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहेकाेले ढुक्कसंग मनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माकाे सन्देश रहेकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!