काठमाडौं: नेपाली क्रिकेट टाेलीका मुख्य खेलाडी दीपेन्द्रसिंह ऐेरी टि-२० क्रिकेटकाे अलराउन्डरमा विश्वकै दाेस्राे स्थानमा पुगेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रले ऐतिहासिक छलाङ मारेका हुन् ।
दीपेन्द्र ४ स्थान सुधार गर्दै दाेस्राे स्थानमा उक्लिएका हुन्।
दीपेन्द्रले मार्किस स्टाेइनिस,सिकन्दर राजा,वानिन्दु हसरंगा,माेहमद नावी र हार्दिक पाण्डेयालाई पारेका छन्।
विश्वकै पहिलाे अलराउन्डरमा इङ्गल्याण्डका लिम लिविङस्टाेन रहेका छन् ।
दीपेन्द्र २ सय ३० को रेटिङमा रहँदा लिविगंस्टोनको २ सय ५३ रहेको छ ।
यसअघि दीपेन्द्र छैटाैं स्थानमा रहेका थिए।
टाईगरकाे नामले परिचित दीपेन्द्रले ६ बलमा छ छक्का र सर्वाधिक छिटाे अर्धसतक हान्ने कीर्तिमान समेत बनाइसकेका छन्।

