बैतडी:बैतडीमा जंगली जनावरकाे लागि थापेकाे पासाेमा परेकाे चितुवा भागेकाे छ। जिल्लाको दशरथचन्द नगरपालिका -१ गुरुखोला खाल भन्ने स्थानमा गएराति चितुवा पासोमा परेको थियाे ।
उक्त चितुवा आज मध्यान्ह १२ बजेतिर पासाेसहित चुडेर भागेकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे। चितुवा पासाे चुडेर भागेपछि स्थानीयबासिन्दा त्रसित भएका छन्।
चितुवा भागेपछि उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।
स्थानीय भरतबहादुर टेरले स्यालका लागि भनेर थापेकाे पासाेमा चितुवा परेकाे थियाे।
भरतबहादुरले सञ्चालन गरेकाे कुखुरा फर्ममा आएर स्यालले कुखुरा खाने गरेपछि पासाे थापेकाे बताइएकाे छ। त्यसै पासाेमा चितुवा परेकाे र चितुवाकाे बायाँपट्टि पन्जा पासाेमा परेकाे थियाे।
यसअघि उक्त चितुवा उद्घारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकाे मगाइएकाे टाेली पनि चितुवा भागेसंगै फिर्ता भएकाे छ।
