काठमाडौं: अविरल वर्षाका कारण बाढीपहिराेले वितण्डा मच्चाएको छ। बाढीपहिरोले देशका विभिन्न स्थानमा १३ जनाको मृत्यु भएको छ।
काभ्रेमा पाँच , सिन्धुपाल्चोक, धनकुटा र पाँचथरमा २-२ र ललितपुर र झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
अहिले देशभर नै लगातार वर्षा भइरहेको छ। वर्षा नरोकिँदा पहिरो र बाढीको जोखिम कायमै रहेको छ। दिनभर जसो वर्षा जारी रहने अनुमान छ।
सुदूरपश्चिम र कणाली प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अन्य पाँच प्रदेशमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले जानकारी दिनुभयाे। उहाँका अनुसार लुम्बिनी प्रदेशका केही स्थानको मौसम भने दिउँसो खुल्ने सम्भावना छ ।
देशभरका अधिकांश भूभागमा बिहीबार रातिदेखि नै निरन्तर पानी परिरहेको छ। लगातारको वर्षाका कारण सबैजसो नदी खोलामा बाढी आएको छ ।
जाेखिम कायमै रहेकाेले सतर्कता अपनाउन आग्रह गरिएको छ।
