दशाैं राष्ट्रिय खेलकुद ताेकिएकाे मितिमा नहुने

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता ताेकिएकाे मितिमा नहुने भएकाे छ। कर्णाली प्रदेशको सुर्खेतमा मंसिरमा हुने भनिएकाे प्रतियोगिता तयारी नपुगेकाे भन्दै कम्तीमा दुई महिना धकेलिने भएकाे हाे।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन हुने बताउनुभएको छ ।

आवश्यक भौतिक पूर्वाधार निर्माणकै क्रममा रहेकाले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि घोषित मितिमा हुन नसक्ने मन्त्री चाैधरीले बताउनुभएकाे हाे । 

उक्त प्रतियोगिताको तयारीमा जुट्न मन्त्री चौधरीले खेलाडीहरुलाई आग्रह गर्नुभयो । कर्णाली प्रदेशमा मङ्सिर, पुस र माघ महिनामा  अत्यधिक जाडो हुने भएकाले उक्त प्रतियोगिता फागुन महिनामा गर्ने मन्त्रालयले योजना बनाएको उहाँले स्पष्ट पार्नुभयो । 

अहिलेकै अवस्थामा सो प्रतियोगिता गर्ने अवस्था नरहेको उहाँको भनाइ थियो । यस अघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरमा आयोजना गर्ने घोषण गरेको थियो । 

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!