धनगढी: कैलालीको धनगढीमा पछिल्लो समय आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरी केन्द्रित भएकाे छ। वडा कार्यालयमा प्रमुखका रूपमा प्रहरी निरीक्षक याेगेश खत्री आएपछि यहाँ अपराधिक क्रियाकलाप र अवैध सामान बरामद धमाधम समातिदैछन्।
भदाै २७ गते सरूवा भएर आउनुभएका प्रमुख खत्रीले धनगढीमा लागुऔषधविरूद्ध अप्रेसनका साथै छलीका सामान बरामद तिव्र रूपमा गरेका छन्।
असोज १ चरेश सहित २ जना, असोज ३ गते १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, ६ जुवाडे,असोज ४ गते,७९ हजार ५०० काे भन्सार छ्लीकाे कपडा बरामद,
असोज ७ गते ३१००० भन्सार छ्ली सामान बरामद गरेकाे छ।
यसका साथै धमाधम हाेटेल चेकिङ्ग गरेकाे छ। दुई हाेटेल व्यवशायीलाई नियन्त्रणमा समेत लिएकाे छ। झैझगडा गर्नेलाई नियन्त्रण,सडक सुरक्षासम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गर्नुभएको छ।
उहाँकाे उपस्थितिले समाजमा सकारात्मक सन्देश दिएको अनुभुती भएको स्थानीय बासिन्दाले बताएका छन्।
काठमाडौं प्रहरी परिसरबाट सरूवा भइ आउनुभएका खत्रीले त्यहाँ कार्यरत रहँदा ठुलो अनुसन्धानहरुमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पुलिस अफ द मन्थबाट सम्मानित हुनुभएको थियाे।
