बैतडी: नेपाली कांग्रेसले सुदूरपश्चिममा प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रमकाे आयाेजना गरेकाे छ। उक्त प्रशिक्षण भदाै २८ र २९ गते धनगढीमा हुने नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति वीरवहादुर बलायरले जानकारी दिनुभयाे।
प्रशिक्षणकाे उद्घाटन कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने कार्यक्रम रहेकाे छ।
दुईदिनसम्म सञ्चालन उक्त कार्यक्रममा प्रदेश कार्यसमितिका पदाधिकारी,सदस्य, प्रदेशका जिल्ला सभापतिहरू,नीति अनुसन्धान तथा प्रशिक्षण शाखा प्रमुख,प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरू,प्रतिनिधिसभा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरू,प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरू,जिल्ला समन्वय प्रमुख/उपप्रमुखहरू,नगरपालिका प्रमुख/उपप्रमुखहरू,गाउँपालिका अध्यक्ष / उपाध्यक्षहरूका साथै भातृ तथा शुभेच्छुक संस्थाका प्रदेश प्रमुखहरूलाई प्रशिक्षण दिइने जनाएको छ।
पार्टीकाे वर्तमान अवस्थाकाे बारेमा जानकारी लिने र आगामी रणनीतिका बारेमा प्रशिक्षण दिइनेछ।

