करेन्ट लागेर एकजनाकाे मृत्यु,चार घाइते

बैतडी:
करेन्ट लागेर बैतडीमा आज एकजनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका-६ डुङराकी  ५७ वर्षीया जानकी लुहार रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।

आज अपरान्ह साढे ४ बजेको समयमा घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबिन तारमाथि लुगा सुकाउने क्रममा जानकीकाे करेन्ट लागेर मृत्यु भएको हाे।

करेन्ट लागेर गम्भीर घाइते अवस्थामा रहेकी जानकीलाई उपचारको लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेकाे बेला छुटाउन गएका अन्य चारजना पनि करेन्ट लागेर घाइते भएका छन्। घाइते हुनेहरूमा स्थानीय ३८ वर्षीया कलावती ओड,१२ वर्षीया पवित्रा ओड,१० वर्षीया भुवनेश्वरी ओड र २२ वर्षीया सीता लुहार रहेका छन् ।
घरको भान्सा कोठामा मिटरबक्स राखिएको बुझिएको छ । सोही मिटरबक्स नजिकैबाट लुगा सुकाउन प्रयोग गरिने ग्याबिन तार तानिएको  र सोही तारमा करेन्ट प्रवाह भएकाे जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!