काठमाडौं :नेपाल लाेकतान्त्रिक खेलकुद संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा बैतडीका सुरेन्द्र सिंह विष्ट मनाेनित हुनुभएको छ।
विष्टलाई नेपाल लाेकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले मनाेनित गर्नुभएकाे हाे ।
संघकाे विधान २०७९ भाग ६ काे २५ वमाेजिम विष्टलाई सुदूरपश्चिम अध्यक्षमा मनाेनयन गरिएको जनाएको छ।
बैतडीको पाटन नगरपालिका ३ घर भएका विष्ट कराँतेका राष्ट्रिय खेलाडी समेत हुनुहुन्थ्यो । विष्ट पछिल्लो समय महिला आत्मरक्षा तालिमका अध्यक्ष रहेर देशभर कार्यक्रम गर्दै आउनुभएकाे छ।
आत्मरक्षासम्बन्धि तालिम नेदरल्यान्डबाट प्राप्त गरि नेपालमा महिला तथा बालबालिका हिंसाविरूद्ध सेद्धान्तिक र व्यवहारिक ज्ञान दिदै समाजमा हुने अन्य अत्याचारविरूद्ध खुलेर प्रशिक्षण गर्ने विष्ट युवामाझ निकै लाेकप्रिय हुनुहुन्छ ।
विष्ट केआईएक कुराेदय सेल्फ डिफेन्स पाटाेल आटर्स संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो ।
विष्ट अध्यक्षमा मनाेनित भएसंगै सुदूरपश्चिमकाे खेलकुद क्षेत्रलाई चलायमान बनाउने विश्वास गरिएको छ।
