बैतडी: चरेशसहित बैतडीमा एक बृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपलिका–३ बुङ्डाका ६० वर्षीय गोपाल सिंह बिष्ट रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।
इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक, राजेन्द्र सिंह साउँदको नेतृत्वमा खटिएको प्रहरी टोलीले पाटन नगरपालिका–३को बनारसी धाम नजिकैबाट बिष्टलाई ५१२ ग्राम चरेससहित पक्राउ गरेको हाे।
विषेश सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पाटनको टोलीले बिहिबार अप्रान्ह ४ बजेको समयमा बिष्टलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
